यी हुन् बालेन शाहको तर्फबाट रास्वपाले मनोनित गरेका २५ केन्द्रीय सदस्यहरू, आजै लिए शपथ


काठमाडौं, २० पुष । रास्वपाले बालेन शाहको तर्फबाट सिफारिश भएका २५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले बालेन शाहसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसरी मनोनित हुनेमा जेनजी अभियन्तादेखि सामाजिक अभियन्तासम्म रहेका छन् ।

पार्टी खोलेर चुनावको तयारीमा होमिएका खगेन्द्र सुनारदेखि युवा व्यवसायी मधुसुदन ढकालसम्म बालेनको कोटाबाट रास्वपाको केन्द्रीय सदस्य बनेका हुन् । उनीहरुले आजै केन्द्रीय सदस्यको शपथ लिएका छन् । रास्वपाले बालेन शाहलाई भने सभापति रवि लामिछानेपछिको दोस्रो वरियतामा राखेको छ । बालेन रास्वपाको वरिष्ठ नेतामा मनोनित भएका हुन् । उनले भोलि अपरान्ह शपथ लिने भनिएको छ ।

१. बालेन्द्र शाह वरिष्ठ नेता
२. सुनिल लम्साल केन्द्रीय सदस्य
३. भूप देव शाह केन्द्रीय सदस्य
४. सस्मित पोखरेल केन्द्रीय सदस्य
५ .सागर ढकाल केन्द्रीय सदस्य
६. सरिता ज्ञवाली केन्द्रीय सदस्य
७.रमेश पौडेल केन्द्रीय सदस्य
८. केपी खनाल केन्द्रीय सदस्य
९. खडक राज पौडेल केन्द्रीय सदस्य
१०. सन्तोष गिरि केन्द्रीय सदस्य
११. लक्ष्मण थारु केन्द्रीय सदस्य
१२. खगेन्द्र सुनार केन्द्रीय सदस्य
१३. डा. नमिता यादव केन्द्रीय सदस्य
१४. लक्ष्मी बर्देवा केन्द्रीय सदस्य
१५. राम कुमार ढुंगाना केन्द्रीय सदस्य
१६. रोहन कार्की केन्द्रीय सदस्य
१७ अनन्त राज घिमिरे केन्द्रीय सदस्य
१८ सुशान्त बैदिक केन्द्रीय सदस्य
१९ प्रदिप ज्ञवाली केन्द्रीय सदस्य
२० जेम्स कार्की केन्द्रीय सदस्य
२१ मधुसुदन ढकाल केन्द्रीय सदस्य
२२ ओजस्वी थापा केन्द्रीय सदस्य
२३ शिव यादब केन्द्रीय सदस्य
२४ आदित्य आचार्य केन्द्रीय सदस्य
२५ प्रदिप पाण्डे केन्द्रीय सदस्य
२६ खेम राज साउद केन्द्रीय सदस्य