बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?


काठमाडौं, पुस २१ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज २५ सय रूपैयाँले सुनको मूल्य बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि १८५ रूपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।