काठमाडौं, २१ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीले अन्य दलसँग तालमेल गर्ने बताएका छन् । राष्ट्रियसभाको निर्वाचनको लागि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेलको विषयमा छलफल भएको समाचार बाहिरिएको बेलामा नेता सिटौलाले यस्तो खुलासा गरेका हुन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै सिटौलाले यस्तो बताएका हुन् । यद्धपी उनले कुन दलसँग तालमेलको सहमति हुन लागेको भन्ने विषयमा भने केही पनि खुलाएनन् ।
उनले भने,‘कुन(कुन दलसँग तालमेल गरी जाने भन्ने विषयमा कार्यवाहक सभापतिजी र रमेश लेखकजीले कुराकानी गरिरहनुभएको छ, तालमेल गरेपछि कहाँ कहाँ कांग्रेसले उम्मेदवारी दिने पनि तय हुन्छ। आज केन्द्रीय कार्यसम्पादन बैठकमा पनि यसबारे छलफल होला।’ file photo




प्रतिक्रिया