काठमाडौं, २१ पुस । नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-५ बाट शीर्ष नेता ईश्वर पोखरेलको नाम एकल सिफारिस गरेको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि ०७९ को निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका थिए ।
तर, ०७४ को निर्वाचनमा पोखरेल यही क्षेत्रबाट विजयी भएका थिए । अहिले उनी निर्वाचन लड्ने वा नलड्ने भन्नेबारे केही खुलाईएको छैन । तर, पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले भने उनको एकल नाम सिफारिश गरेको हो । पोखरेल हालै सम्पन्न पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग फराकिलो मतले पराजित भएका थिए ।




प्रतिक्रिया