काठमाडौं, २१ पुस । भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेको छ । जेन–जी आन्दोलनपछि त्यसको छानविनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनेको थियो । उक्त आयोगले एमाले अध्यक्ष ओलीलगायत सो घटनामा बयान र सोधपुछ गर्नुपर्ने नेतालाई स्थानहद लगाएको थियो ।
एमाले अध्यक्ष ओलीले पनि हिजो आयोगलाई लिखित बयान दिएपछि आज उनको स्थानहद फुकुवा गरिएको हो । आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो। आयोगले विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको बताएको छ ।
‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया