राष्ट्रियसभाको निर्वाचनको तयारीको लागि एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं, २१ पुस । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । राष्ट्रियसभाको निर्वाचनकोलागि उम्मेदवारी दिने दिन नजिकिएसँगै एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक भोलि (मंगलबार) विहान ९ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने भनिएको छ।

एमालेले राष्ट्रियसभाको निर्वाचनको लागि कांग्रेस र नेकपामध्ये एक दलसँग तालमेल गर्नेगरि छलफल अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग निरन्तर सम्वाद जारी राखेका छन् । हिजोमात्रै उनले दाहालसँग भेट गरेका थिए । file photo