रास्वपाको वृहत राजनीतिक समायोजन घोषणासभामा जे देखियो (फोटोफिचर)


काठमाडौं, २१ पुस । रवि लामिछाने नेतृत्वको रास्वपाको वृहत्त राजनीतिक समायोजना घोषणासभा जारी छ । राष्ट्रियसभा गृहमा जारी घोषणासभामा सभापति रवि लामिछानेलगायतले सम्बोधन गर्ने भनिएको छ । भर्खरै रास्वपामा समाहित भएका व्यक्ति, समूह र पार्टीका नेता तथा कार्यकर्ताहरुसहितको समायेजना घोषणासभा राखिएको हो ।

हिजोमात्रै रास्वपाले एकता प्रक्रियामा सहभागी भएकाहरुलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ । त्यसको भोलिपल्टै आज समायोजना घोषणासभा राखिएको हो । तस्विर स्रोत : रास्वपा फेशबुक पेज