काठमाडौं, २१ पुस । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाई भेटवार्ता गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजदूत थम्प्सनले प्रधानमन्त्री कार्कीसँग विदाई भेटवार्ता गरेका हुन् ।
सो भेटमा नेपाल र अमेरिकाबिच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै धन्यवाद ज्ञापन गरेकी छिन् ।
यस्तै, राजदूत थम्प्सनले आगामी दिनमा दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।




प्रतिक्रिया