रेशमलाई जन्मकैद गर्ने फैसलाको पूर्णपाठ मिसिल साथमा राख्ने आदेश


काठमाडौं, २१ पुस । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसलाको पूर्णपाठ मुद्दाको मिसिल साथमा राख्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा यसअघि गरेको फैसलाको कपी झिकाउने आदेश दिएको हो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको आन्दोलनमा ९ जनाको ज्यान गएको थियो । सो घटनामा रेशमलाई दोषी देखाउँदै तीनै तहको अदालतले जन्मकैदको सजाय सुनाएको थियो । जन्मकैदको सजाय भोगिरहेका रेशमलाई सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिएको थियो ।

रेशमलाई माफी दिएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिईन् ।