भारतीय मित्रहरूसँग विकसित राजनीतिबारे समिक्षा भएको छ : प्रचण्ड


काठमाडौं, २१ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा आफूले भारतीय नेताहरुसँग नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गरेको खुलासा गरेका छन् ।

प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको पार्टीको एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मेरो भ्रमणको उद्देश्य अनौपचारिक रुपमा विकसित राजनीतिक घट्नाक्रमको समिक्षा गर्ने र सूचना संकलन गर्ने नै थियो, आज त्यो उद्देश्य पूरा भएको छ । केही विकसित राजनीतिक घट्नाक्रमबारे अनौपचारिक ढंगले भारतीय राजनीतिक मित्रहरुसँग मेरो समिक्षा भएको छ । हिजोदेखि आजसम्म समिक्षा भएको छ ।’