राप्रपाले मलाई स्थापित गराएको होइन, रास्वपामा जाँदा पनि लुकेर जान्नँ: ज्ञानबहादुर शाही


काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले अहिले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाड्नेबारेमा केही नसोचेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रास्वपा प्रवक्ता शाहीले बालेन शाहले भेट्न बोलाएपछि आफू गएको र अहिले त्यो पार्टीमा प्रवेश गर्नेबारेको केही पनि नसोचेको बताएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने अहिले मेरो केही छैन । भेटघाट चाहिँ भएको हो । बालेन शाहजीहरुसँग । उहाँले बोलाएर गएको हो,’– उनले भने ।

उनले आफू रास्वपामा जाने वा नजाने भन्ने बारेमा केही नसोचेको र जाँदाखेरी पनि लुकेर नजाने बताए । उनले आफू सडकबाट स्थापित हुँदा पनि राप्रपाले स्थापित नगराएर आफ्नो भविष्य आफैंले बनाएको र वैकल्पिक शक्तिहरु एकजुट हुनुपर्ने पक्षमा आफूु अहिले पनि रहेको बताए ।

‘अहिले त्यहाँ जाने कि नजाने मैले केही सोचेको पनि छैन । जाँदाखेरी लुकेर जानुपर्ने कारण छैन । हिजो म सडकमा स्थापित हुँदाखेरी राप्रपाले मलाई स्थापित गराइदिएको हो र ? मैले आफ्नो भविष्य आफैं बनाएको हो । वैकल्पिक शक्ति एकजुट हुनुपर्छ भन्ने कुरामा मेरो पनि सहमति चाहिँ छ,’– उनले भने ।