वीरगञ्जमा आज साँझ ६ बजेबाट भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी


काठमाडौं, २१ पुस । पर्सा प्रशासनले आज साँझ ६ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवातजावात गर्न, कुनैपनि प्रकारको भेला, जुलुश प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु जारी गरेको छ ।

यस्तो छ पर्साका सिडिओ भोला दाहालले जारी गरेको कर्फ्यु आदेश