कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा


काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । आजको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।

राष्ट्रिय सभामा कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो। यही तयारी अनुसार सोमबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकले एमाले अध्यक्ष केपी ओलीसँग गुन्डु पुगेर भेटवार्ता गरेका छन्।