काठमाडौं, पुस २२ । काठमाडौंसहित अधिकांश जिल्लामा केही दिनयता जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकी आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।
हिजोरअस्तिको भन्दा पनि आज तापक्रम घटेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र अस्ति आइतवार ४ डिग्री सेल्सियस रहेको थियो ।
आज तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो ।




प्रतिक्रिया