काठमाडौं, २२ पुस । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच निरन्तर छलफल भइरहेको छ ।
त्यस्तै नेताहरूको कार्यविभाजनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ । देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ ।




प्रतिक्रिया