काठमाडौं, पुस २२ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको घरमा आक्रमण भएको छ । आक्रमणमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार भान्सको घरनजिक आइतबार राति १२ः१५ बजे एकजनालाई भाग्दै गरेको देखिएको थियो । अधिकारीहरूका अनुसार, घटना हुँदा जेडी भान्स र उनको परिवारका सदस्य घरमा थिएनन् ।
प्रारम्भिक जानकारीअनुसार नियन्त्रणमा लिइएका व्यक्ति उपराष्ट्रपतिको घरभित्र प्रवेश गर्न सफल नभएको बताइएको छ ।छानबिन एजेन्सीहरूले यो घटना जानाजानी जेडी भान्स वा उनका परिवारलाई निशाना बनाएर गरिएको हो वा यस पछाडि अर्को कारण छ भन्नेबारे पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।




प्रतिक्रिया