काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भएर गतिविधिमा संलग्न भएका मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्ताको राजीनामा मागेकी छन् । प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा हाल घिसिङ ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री र गुप्ता युवा तथा खेलकुदमन्त्री रहेका छन् । गैरदलीय सरकारमा रहेर मन्त्रीद्वय घिसिङ र गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिमा संलग्न भएको भन्दै प्रधानमन्त्री कार्कीले राजीनामा मागेकी हुन् ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलीय गतिविधिमा लागेका मन्त्रीहरुलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ । सार्वजनिकरुपमा प्रश्न उठेको र सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन प्रधानमन्त्री कार्कीले मन्त्रीद्वय घिसिङ र गुप्तासँग आग्रह गरेकी थिईन् । हाल रास्वपाको राजनीतिमा मन्त्रीद्वय घिसिङ र गुप्ता प्रत्यक्ष रुपमा संलग्न छन् । घिसिङलाई रास्वपाले उपसभापति बनाउने निर्णय गरिसकेको छ । घिसिङले पनि आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराइसकेका छन् ।




प्रतिक्रिया