कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गरे


काठमाडौं, २२ पुष । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गरेका छन् । उनीहरु आज पार्टी मुख्यालय सानेपामा पुगेर नाराबाजी गरेका हुन् । कांग्रेसमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले नै विशेष महाधिवेशन हुनुपर्छ भनेर नेतृत्व गरेका छन् ।

उनीहरुले पार्टीको विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डमा हलबुक समेत गरिसकेका छन् । तर, संस्थापन पक्षधरले भने कुनैपनि हालतमा विशेष महाधिवेशन नहुने भन्दै यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी बैशाखको अन्तिममा १५औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।