दलित विद्यार्थीलाई कम्बल र न्याना लुगा वितरण


बैतडी,२२ पुस । सशस्त्र प्रहरी बलले यहाँको विणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दलित विद्यार्थीलाई जनही एक थान कम्बल र १० जना जेष्ठ नागरिकलाई न्याना लुगा वितरण गरेको छ ।

यहाँस्थित सशस्त्र प्रहरी बलका गुल्मपति जङ्गबहादुर कुँवरले सशस्त्र प्रहरी बल स्थापना दिवसका सन्दर्भमा कम्बल र न्याना कपडा प्रदान गरिएको बताए ।

यसअघि सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको थियो । आगामी माघ ९ गते सशस्त्र प्रहरी बल स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइने उनले जानकारी दिए । रासस