ओलीकै लाईनमा बालेन, जाँचबुझ आयोगलाई बुझाए लिखित बयान


काठमाडौं, २२ पुष । भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको घटनाबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले काठमाडौं महानगरका प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग बयान लिएको छ । मौखिक बयान लिने भनिएकोमा बालेनले पनि लिखित बयान आयोगसमक्ष बुझाएका हुन ।

यसअघि तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगलाई लिखित बयान बुझाएका थिए । आयोगले ओलीलाई जस्तै बालेनलाई पनि लिखित प्रश्न पठाएको थियो । त्यसको जवाफ बालेनले आज बुझाएको बताईन्छ ।

यद्धपी बालेनले मानवअधिकार आयोगसमक्ष भने भौतिक रुपमा उपस्थित् भएर नै आफ्नो बयान दिएका थिए । उता, एमाले अध्यक्ष ओलीले पनि मानवअधिकार आयोगसमक्ष भने बयान दिएका थिए ।