काठमाडौं, २२ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक फेरि बस्नेगरि स्थगित् भएको छ । अहिले नेताहरु सभापति शेरबहादुर देउवाको निवासमा भेला भएका छन् ।
राष्ट्रिय सभाको चुनावको लागि एमाले र नेकपासँग तालमेलको लागि अघि बढिरहेको बेलामा आजको बैठकबाट महत्वपूर्ण निर्णय हुने भनिएको थियो ।
बैठक सुरु हुनुअघि नै पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरले नाराबाजी गरेपछि बैठक केहीबेर बसेर स्थगित् भएको हो । अहिले शीर्ष नेताहरु सभापति देउवाको निवासमा भेला भएका छन् ।




प्रतिक्रिया