राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय, ७ सिटमा दाबी


काठमाडौं, २२ पुष । नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि एमाले र नेकपासँग तालमेल गर्ने निर्णय गरेको छ । १८ सिटमा हुने निर्वाचनमा कांग्रेस र एमालेले ७/७ सिट लिने सहमति भएको छ ।

बाँकी चार सिटमा नेकपालाई तीन सिट र जसपा नेपाल–लोसपा मिलेर बनेको दललाई जसपा नेपाललाई भने एक सिट दिने समझदारी भएको बताईन्छ । आज साँझसम्म राष्ट्रिय सभाको निर्वाचनको लागि सिट तालमेल गरिने भएको छ ।