कांग्रेसको समस्या तुरुन्त समाधान गर्न चन्द्र भण्डारीको आग्रह


काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. चन्द्रकान्त भण्डारीले पार्टीभित्रको समस्या तुरुन्त समाधान गर्न आग्रह गरेका छन् । उनले अब अति भएको भन्दै जिम्मेवारी पाएका व्यक्तिहरु गैरजिम्मेवार बन्न नहुने बताएका हुन् । उनले अब समय नचिन्नेहरु सधैं अन्धकारमै टहलिरहने बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

अती भयो ( कांग्रेस भित्रको समस्या तुरुन्त समाधान गर।
जिम्मेवारी पाएका व्यक्तिहरू गैरजिम्मेवार नबन।
समय नचिन्नेहरू सधैं अन्धकारमै टहलिरहन्छन्,
र उनिहरुको भ्रमले अरूलाई पनि दुःख दिन्छन्।
राजनीति बहानाको खेल होइन,
निर्णय, साहस र उत्तरदायित्वको अभ्यास हो।
ढिलो गर्नु कमजोरी होइन,
ढिलाइलाई नीति बनाउनु अपराध हो।