काठमाडौं, २२ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै पत्र दर्ता गराएको छ । सचिवालयको तर्फबाट मनोजमणि आचार्यले जिल्ला प्रशासन कार्यालयमा आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको दिनका लागि शान्ति सुरक्षाको व्यवस्थापनको माग गरेका हुन् ।
‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुुटीमण्डपमा आयोजना हुने हुँदा उक्त स्थान आसपास तथा काठमाडौं क्षेत्रभित्रमा शान्ति सुरक्षाको आवस्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा रहेका छन् । संस्थापन समूह भने विशेष महाधिवेशन हुन नहुने पक्षमा छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको हो । कांग्रेसको विधानको धारा १७ (२) मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था रहेको छ ।





प्रतिक्रिया