काठमाडौं, पुस २३। प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटवार्तामा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिको सम्बोधन गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न भएका प्रयासहरुको समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा उनीहरुबीच देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपरेको विषयमा छलफल भएको थियो ।
प्रदेश प्रमुख लाभले समाजका विविध तह र तप्काबीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गरिरहनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीले र, यसमा सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको स्पष्ट पारेका छन ।




प्रतिक्रिया