काठमाडौं, पुस २३ । अभियन्ता आशिका तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङप्रति कटाक्ष गर्दै आज पुनः प्रश्न उठाएकी छन्। मन्त्री घिसिङले पार्टीमा वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएकोबारे प्रश्न उठाउँदै उनले नागरिक सरकारमा रहेका व्यक्तिहरू राजनीतिमा हुन नपाउने व्यवस्था भएपनि पार्टीको वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएको मान्छे सरकारको मन्त्री बनेको भन्दै नैतिकतामाथि प्रश्न उठाएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘पार्टीको उपसभापति भएको मान्छे, आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ र?’
मन्त्री घिसिङ रास्वपामा आवद्ध रहेको र वरिष्ठ उपसभापति पद लिएको समाचार आएसगैं आफु कुनैपनि पार्टीमा आवद्ध नरहेको तर्क गर्दै आएका छन्।
यसअघि तामाङले घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार सूचीमा भान्जादेखि ससुरासम्मका नातेदारको नाम समावेश गरिएको विषयलाई लिएर कटाक्ष गरेकी थिइन। उक्त विषयमा विवाद चर्किएपछि मन्त्री घिसिङले ती नाम फिर्ता लिने प्रतिबद्धता जनाएका थिए।
तर प्रतिबद्धताअनुसार नाम फिर्ता नभएपछि तामाङले सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै ससुरा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै प्रश्न उठाएकी थिइन् ।




प्रतिक्रिया