यी हुन् कांग्रेसले टुग्याएको राष्ट्रिय सभाका ९ उम्मेदवार


काठमाडौं, २३ पुष । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार तय गरेको छ । राष्ट्रिय सभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । चुनावमा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । कांग्रेसले ९ सिट लिएको छ ।

जसअनुसार कांग्रेसले कोशी प्रदेश सुनीलबहादुर थापा, मधेश प्रदेशबाट धनेन्द्र पासवास र रञ्जित कर्ण, बागमतीमा गीता देवकोटा, गण्डकीमा तिमिल्सिना, लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बनेका छन्।