काठमाडौं, २३ पुष । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनमा महन्थ ठाकुरलाई उमेदवार बनाउने निर्णय गरेको छ । ठाकुरलाई उम्मेदवार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहमत छन् ।
राष्ट्रिय सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेस र एमालेले पनि उम्मेदवार तय गरिसकेका छन् । कांग्रेसले ९ र एमालेले ८ सिट लिने समझदारी बनेको छ ।




प्रतिक्रिया