राष्ट्रिय सभाको निर्वाचन : कोशीमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता


काठमाडौं, २३ पुष । एमाले र कांग्रेस गठबन्धनबाट राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट खुल्लामा सुनिल बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा एमाले बलियो भएकोले उसले २ सिट लिएको छ । कांग्रेसले भने एक सिट पाएको हो ।

एमालेबाट महिलातर्फ रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई रहेका छन् । मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छिन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की रहेका छन् ।

आज राष्ट्रिय सभाको निर्वाचनको लागि देशभरि नै उम्मेदवारी दर्ता हुँदैछ । मधेश प्रदेशमा भने जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । file photo