गण्डकी, २३ पुस । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल र लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका छन् । पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचनका लागि महिला क्लष्टरबाट बास्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना मत सुरक्षित गर्न उम्मेदवारी दर्ता गरेको बताए । रासस




प्रतिक्रिया