देउवालाई लिङ्देनले दिए पृथ्वीजयन्तीमा चियापानको निम्तो


काठमाडौं, २३ पुष । राप्रपाका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पृथ्वीजयन्तीमा आयोजना गर्ने चियापानको निम्तो दिएका छन् । देउवालाई निम्तो लिएर भेट्न लिङ्देन आज महाराजगञ्ज पुगेका थिए ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको जानकारी दिए । उक्त अवसरमा दुई पार्टीका अध्यक्षहरुबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठको भनाई छ ।