काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको एकतालाई जोगाउने प्रतिबद्धता जनाएका छन् । उनले विशेष महाधिवेशन तयारी चल्दै गर्दा कसैले पार्टी फुटाउन लागेको भनेर हल्ला चलाएको भन्दै आक्रोश पोखेका हुन् । उनले कसैले पनि चाहेर कांग्रेस नफुट्ने दाबी गरेका हुन् ।
पार्टीका नेताहरु डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मासँगको संक्षिप्त कुराकानीमा थापाले पार्टी फुटाउन नदिने बताएका हुन् । उनले पार्टीमा असहजिलो अवस्था आए आफू विष पिउन तयार रहेको बताए । पार्टीको समयसापेक्ष बनाउनको लागि आफूले अभियान चलाएको थापाको भनाई थियो ।
थापाले आजै बुद्धिजिवीहरुसँग पनि अन्तरक्रिया गरेका थिए । उनले उक्त अन्तरक्रियामा विशेष महाधिवेशनको आह्वान गरिसकेको भन्दै सहभागी हुन निम्तो दिएका छन् ।




प्रतिक्रिया