रावणबध मेलामा सहभागी हुन रेखा थापा शनिबार जनकपुर जाने


काठमाडौं, २३ पुष । चर्चित अभिनेत्री रेखा थापा आउने शनिबार जनकपुर जाने भएकी छिन् । अमेरिका बस्ने महोत्तरी मटिहानीका एमआर ६६६ ले बनाएको बराबरी कानूनमार्फत दाईजो प्रथा अन्त्य गर्नको लागि जनकपुरको तिरहुटिया गाछीमा रावणवध तथा महिला मेला चलिरहेको छ । यही कार्यक्रममा सहभागी हुन अभिनेत्री थापाले आफू जनकपुर जान लागेको भिडिओ सन्देशमार्फत जानकारी गराईएकी छिन् ।

उनले भनेकी छिन्,‘बराबरीको कानूनमार्फत दाइजो प्रथा सधैंका लागि अन्त्य गरौँ। यो शनिबारदेखि तिरहुटिया गाछीमा रावण वध तथा ५ दिनसम्म चल्ने महिला मेलामा सहभागी हुनुहोस्। शनिवार म आउँदैछु ।’