काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउने बताएका छन् । उनले विशेष महाधिवेशन बाध्यकारी भएकाले यो वैधानिक रहेको बताए ।
उनले अहिलेको नेपाल भदौ २४ अघिको नभएको भन्दै नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताए । विशेष महाधिवेशन हस्ताक्षर गर्ने र नगर्ने सबैको भएको बताए ।
उनले भनेका छन्, ‘नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढंगले अघि बढ्न दुरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बीचमा भइरहेकोे छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नुछ ।’




प्रतिक्रिया