इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष नन्दकिशोर यादव जसपा नेपाल प्रवेश


काठमाडौं २४, पौष । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बिहिबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

धनुषा सबैला –६ निवासी ई. यादव नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य भएर सक्रिय जिम्मेबारी निर्वाह गरिसकेका छन् ।

अध्यक्ष यादवले राजनीतिक, सामाजिक तथा पूर्वाधार विकासको क्षेत्रमा लामो अनुभव हासिल गरेका ई. यादवको पार्टी प्रवेशले मधेस प्रदेशमा जसपा नेपालको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, कार्यकारिणी समिति सदस्य दिपक कार्की, जसपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका रेणुकुमारी यादव र प्रदीप यादव लगायतको उपस्थिति गरेको थियो ।