काठमाडौं, २४ पुष । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । यही पुष २७ गते पृथ्वी जयन्तीको चियापानको समारोहको लागि निम्तो दिनकोलागि अध्यक्ष लिङ्देन आज प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका हुन् । सो भेटमा प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्ने र गर्नुपर्ने बताएकी थिईन् ।
उनले आफू उक्त जयन्तीमा सहभागी हुने प्रतिबद्धता जनाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाका अध्यक्ष लिङ्देनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई भेटेरै पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्ने चियापानको निम्तो दिएका छन् ।




प्रतिक्रिया