एमाले महासचिवको प्रश्न : सिंहदरबार जलाउने को हो ?


काठमाडौं, २५ पुष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउने को हो ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भूकम्पले थिलोथिलो भएको सिंहदरबार पूरानै स्वरुपमा पुनःनिर्माण गर्ने को हो र त्यसलाई जलाउने को हो भनेर अब प्रश्न गरिनुपर्ने मत राखेका छन् ।

भुकम्पपछि सिंहदरबारको पुनःनिर्माण गर्दा प्रधानमन्त्री केपी शर्मा ओली देशको प्रधानमन्त्री थिए । गत भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाईएको थियो । यहीबारे महासचिव पोखरेलले फेशबुकमार्फत प्रश्न सोधेका हुन् ।

उनले भनेका छन्–‘अव प्रश्न गरौः भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?”