काठमाडौं, २५ पुष । नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो १ बजे गर्ने भनेको पत्रकार सम्मेलन स्थगित् भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै आजको पत्रकार सम्मेलन स्थगित् भएको जानकारी गराएका हुन् ।
आजको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शीर्ष नेता डा. शेखर कोइरालाले बोल्ने भनिएको थियो । कांग्रेस महामन्त्रीद्धयले विशेष महाधिवेशनको आह्वान गरिसकेका छन् । अहिले महाधिवेशनकेन्द्रित कार्यक्रमहरु धमाधम जारी छ । विशेष महाधिवेशनस्थल भनेर तोकिएको भृकुटीमण्डपमा साजसज्जा गरिएको छ । पार्टीका ब्यानर, झण्डालगायत टाँगिएका छन् ।





प्रतिक्रिया