दार्चुला, २५ पुस । जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मालिकार्जुनका अध्यक्ष हिरासिंह धाँमीका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भइसकेको छ । एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । “यसअघि २०७४ देखि २०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएको थियो”, अध्यक्ष धाँमीले भने, “हामी निर्वाचित भइसकेपछि सरकारी भवन प्रयोग गर्यौँ ।” रासस




प्रतिक्रिया