काठमाडौं, २५ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय कलाकार सञ्जय दत्तसँगको भेट अविष्मरणीय रहेको बताएका छन् । प्रचण्डले ‘मुन्न भाइ एमबीबीएस’ मा भारतीय कलाकार दत्तको अभियनको आफू प्रसंशक रहेको पनि बताएका छन् । प्रचण्डले भारतीय कलाकार दत्तको नेपाल बसाइँ सुखद् रहोस् भनी कामना गरेका छन् ।
‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। ‘मुन्ना भाई एमबीबीएस’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ,’– प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन् ।




प्रतिक्रिया