काठमाडौं, २५ पुष । नेश्नल एलायन्स फर मोनार्कीले मेचीदेखि महाकाली राजसंस्था यसैपालि भन्ने अवधारणा सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो अवधारणा अघि सारेको हो ।
कार्यक्रममा बोल्दै सनातन रिजालले आफूहरुको संस्थाको मूल उद्देश्य नै नेश्नलिष्ट र रोयलिष्टहरुलाई यसको छातामूनि राख्न सक्ने डिजिटल फ्रेमवर्क बनाएको बताए । उनले यो एलायन्सले राजसंस्था पूनःस्थापनाको आवाज बोल्ने बताए । भदौ २३ को जेनजी आन्दोलनपछि नै यो अवधारणा अघि बढेको बताए । यसले राजसंस्थावादीहरुलाई एकै छातामा राख्ने पनि उनको भनाई छ । राजसंस्थापक्षधर शक्तिहरुलाई एकतावद्ध हुन पनि उनले आह्वान गरेका छन् । उनले आफूहरुको संस्थामा कोही पनि नेतृत्व नभएको स्पष्ट पारे ।

सुरेन्द्रजंग थापाले देशको परिस्थिति विषम अवस्थामा रहेको बताए । उनले नेपालमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई जस्तै केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई पनि उठाउनुपर्ने बताए । उनले अब देश बनाउनको लागि आफूहरु अन्तिमपटक संघर्षमा होमिनको लागि बताए । उनले देशलाई बनाउनको लागि आन्दोलनमा होमिएको बताए । उनले जेनजी आन्दोलनको एउटा पनि माग सम्बोधन नभएको गुनासो पोखे ।
उनले आफूहरु राष्ट्र जोगाउनको लागि लडेको बताए । उनले आफू पृथ्वीनारायण शाहवादी भएको बताए । उनले देश संकटमा परेको बेलामा प्रधानमन्त्री बनिदिन आह्वान गर्दा बालेन शाहलाई भनेको पनि भागेको बताए । तर, अहिले प्रधानमन्त्री बन्ने लाईनमा लागेको भन्दै बालेन शाहले नै संसद् नभएकोले चुनाव हुन लागेको भनेर आफूसँग भनेको पनि उनले स्मरण गराए । उनले आफूहरु अन्यायमा परेको बेलामा बालेन शाहले साथ नदिएको गुनासो पोखे ।
कार्यक्रममा मनिष मोक्तानले अब पृथ्वीपथलाई साझा विचार बनाएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । आफूहरुको अपिललाई अहिलेको राज्यसत्ताले टेरेन भने नवपञ्चायततर्फ जाने उनको भनाई छ ।
अर्का वक्ता अभिव अधिकारीले पनि राजसंस्थाको मुद्दा राष्ट्रवादीहरुको मुद्दा भएको बताए । दक्षिणपन्थी, रढिवादी र धर्म बचाउनेहरु एक ठाउँमा आउन पनि उनले आह्वान गरेका छन् । नेपाली जनताले राजा र राजसंस्थालाई मानिसकेको बताए ।




प्रतिक्रिया