काठमाडौं, पुस २६ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । शुक्रबार मुख्यमन्त्री गोलेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
त्यसक्रममा उनले सिक्किमका जनताको उत्तम स्वास्थ्य, शान्ति, समृद्धि तथा समग्र कल्याणको कामना गर्दै ईश्वरीय आशिर्वादको प्रार्थना गरेको बताएका छन् । यसअघि उनले मनकामना दर्शनका साथै गोरखा दरबार क्षेत्रको अवलोकन गरेका थिए ।




प्रतिक्रिया