काठमाडौं, २६ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने र बालेन शाहहरुको एकतालाई अनौठो नमानेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा गत भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको पनि टिप्पणी गरे । उनले एमाले लोकतन्त्र, संविधान र व्यवस्थालाई सही ट्रयाकमा ल्याउनको लागि लागिपरेको विश्वास दिलाए ।
तर, एमालेलगायतका लोकतान्त्रिक शक्तिलार्इृ पन्छाउनको लागि विध्वंशका पक्षधरहरु एक ठाउँमा उभिन खोजेको भन्दै उनले रवि–बालेन एकताप्रति कडा टिप्पणी गरे । रवि र बालेनहरुमा त्रास भएको कारण एक ठाउँमा उभिन पुगेको उनको विश्लेषण छ। उनले एमाले देश बनाउने पार्टी भएकोले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताए । तर, रवि र बालेनहरु भने दश बर्बाद पार्ने मनसायले एक ठाउँमा उभिएको उनको आरोप छ ।





प्रतिक्रिया