कांग्रेसभित्रको झगडा मिलाउने दायित्व कार्यवाहक सभापति खड्काको पनि हो, उहाँले विशेष महाधिवेशन पक्षधरलाई सौतेनी व्यवहार गर्न हुँदैनः सुनिल शर्मा


काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले विशेष महाधिवेशन हुने परिस्थिति बन्नुमा संस्थापन पक्षको कमजोरी रहेको बताएका छन् । आज (शनिबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब विशेष महाधिवेशनलाई नेगोसेशनको माध्यमबाट समाधान गरिनुपर्ने बताए । उनले विशेष महाधिवेशनमा अभिभावकको नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुनुपर्ने धारणा राखे । कावा सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई सौतेनी व्यवहार गर्न नहुने उनको धारणा छ ।

‘यो झगडा मिलाउने दायित्व पूर्णबहादुर दाईको पनि हो । उहाँ अभिभावक भएको नाताले उहाँले भोलि हुने, पर्सी हुने सभामा आउने साथीहरुलाई उहाँले सौतिनी आमाको छोराजस्तो व्यवहार नगरेर यसलाई सबै कांग्रेसको अपनत्व हुनेगरी नीति महाधिवेशनमा बदल्नुपर्छ,’– उनले भने ।

उनले आफूहरु कांग्रेसलाई एक बनाउने पक्षमा रहेको र यसको नेतृत्व डा.चन्द्रकान्त भण्डारीले गर्ने उनले बताए । सुधार गर्नुपर्ने कुरालाई विशेष अधिवेशनले सुधार गर्ने यसलाई नीति अधिवेशनमा परिमार्जन गर्ने आफूहरुको तयारी रहेको उनले बताए । विशेष महाधिवेशनको हलमा सबै नेताहरु जाने पनि उनले जिकिर गरे ।