विशेष महाधिवेशनपछि जेन-जीहरुसँग मिलेर काम गर्ने गगनको प्रतिवद्धता


काठमाडौं, २६ पुुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई जेन–जीहरुसँग मिलेर काम गर्ने मन रहेको बताएका छन् । आज (शनिबार) एक भिडिओ सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनको दौडादौड सकिएपछि राष्ट्रियस्तरको संवाद कार्यक्रम गरी जेन–जीहरुसँग मिलेर काम गर्ने बताएका हुन् । उनले आसन्न प्रतिनिधिसभाको निर्वाचन अगाडि नै जेन–जीहरुसँग संवाद गरी उनीहरुले उठाएको मुख्य–मुख्य बुँदालाई सम्बोधन गर्ने प्रयास गर्ने बताएका छन् ।

‘तपाईँहरुको आईडिया सुन्न मन छ, तपाईँहरुसँग सिक्न पनि मन छ । रिफर्म इष्यूजमा ज–जसलाई काम गर्ने मन छ, तपाईहरुको आईडिया यसमा पोष्ट गर्दिनुभयो भने म नोट पनि लिन्छु र विशेष महाधिवेशनको डौडाडौडपछि म रिचआउट पनि गर्छु र तपाईँहरुसँग मिलेर काम गर्ने मन छ । हामीहरु मिलेर निर्वाचनभन्दा अगाडि नै जेन–जी आन्दोलनले उठाएका केही मुख्य–मुख्य बुँदाहरुको बीचमा राष्ट्रियस्तरको डाइलग गर्न सक्छौं भन्ने विश्वासका साथ यो पोष्टमार्फत अनुरोध गरेको छु,’– महामन्त्री थापाले भनेका छन् ।