उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छैनः कुलमान घिसिङ

‘रास्वपासँगको समझदारी कार्यान्वयन जटिल भयो’


काठमाडौं, २६ पुस । पूर्र्वमन्त्री कुलमान घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भइनसकेको बताएका छन् । आज (शनिबार) काठमाडौं–रामेछाप पत्रकार समाजको ५औं साधारणसभालाई सम्बोधन गर्दै घिसिङले सँगै मिलेर जाने भनेर रास्वपासँग समझदारी बनेको भए पनि त्यो कार्यान्वयन गर्न जटिल भएको बताएका हुन् ।

‘उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छैन । हामीले सँगै मिलेर जाने भनेर एकखालको समझदारी गरेका थियौं तर त्यसको कार्यन्वयन जटिल भएको छ,’– उनले भने ।

यसको बाबजुद पनि आफूहरु रास्वपासँग संवादकै पक्षमा रहेको पनि उनले बताए । जनताको आकांक्षा पूरा गर्न सकेसम्म मिलेर जानुपर्छ भन्ने पक्षमा आफू उभिएको पनि घिसिङले बताए ।

घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू रामेछाप अथवा काठमाडौं क्षेत्र नं. ३ बाट चुनाव लड्ने तयारीमा रहेको पनि बताए ।