काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आजै दोस्रो पटक सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनी आज (शनिबार) विहान पनि सभापति देउवा निवास महाराजगञ्ज पुगेको थिए । विहान सभापति देउवा र डा.कोइरालाबीच केही समय छलफल भएको थियो । त्यसपछि सभापति देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासतिर लागेपछि डा.कोइराला बाहिरिएका थिए । उनी सभापति देउवालाई भेट्न आजै दोस्रो पटक साढे १ बजे महाराजगञ्ज पुगेका थिए ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत इतर समूह विशेष महाधिवेशनको तयारीमा लागेका छन् । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेबमोजिम कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकु्टीमण्डपमा हुँदैछ । कांग्रेसको इतर समूहको नेतृत्व गरेका डा.कोइराला भने विशेष महाधिवेशनको विपक्षमा छन् । उनी विशेष महाधिवेशनलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने रणनीति बनाउन सभापति देउवासँग संवादमा जुटेको बताइएको छ ।




प्रतिक्रिया