काठमाडौं, २६ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन् । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए । उनले करिब २ हप्ता पहिला रास्वपामा पार्टी विलय गराएका थिए ।
तर, रास्वपासँग सहमति कार्यान्वयन गर्न अप्ठ्यारो देखेका कुलमानले अन्ततः उज्यालो नेपाल पार्टीलाई नै व्यूँत्याएर त्यसको नेतृत्व गर्न लागेका हुन् ।
उज्यालो नेपाल पार्टीलाई व्युँत्याएर आफूले नेतृत्व लिनेबारे जानकारी दिन कुलमानले बेलुका ६ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलन उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वरमा आयोजना गरिएको छ ।




प्रतिक्रिया