रुकुम पश्चिममा नेकपाको एकता सन्देशसभामा जनलहर देखियो


काठमाडौं, २७ पुष । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज रुकुम पश्चिममा एकता सन्देश सभाको आयोजना गरेको छ । यो जिल्ला जनार्दन शर्माको प्रभाव रहेको जिल्ला मानिन्छ ।

आज नेकपाले आयोजना गरेको एकता सन्देशसभामा ठूलो जनलहर देखिएको छ । आजको सभामा उत्साहजनक सहभागिता देखिएको छ । नेकपाले एकता सन्देश सभा यसअघि विभिन्न शहरमा गरिसकेको छ ।

२१ फागुनको निर्वाचनलाई लक्षित गरेर नेकपाले एकता सन्देशसभा आयोजना गरेको हो ।