काठमाडौं, २६ पुष । स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालले युवाहरुको सहभागितासहित १५औं महाधिवेशन र विशेष महाधिवेशनका लागि उठिरहेका माग र प्रस्तावहरुलाई निति महाधिवेशनद्वारा सँस्थागत गरी आत्मसात गर्नका लागि माउ पार्टीलाई दवाव सिर्जना गर्न आम युवाहरु एकजुट हुन आह्वान गरेको छ ।
आज स्ववियु परिषद् नेपालको अध्यक्ष रोहित कपालिले एक आह्वानमार्फत यस्तो अपिल गरेका हुन् । उक्त आह्वानमा भनिएको छ,‘विद्यार्थी राजनीतिको गरिमा र सार्थकता कायम राख स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत चुनिने प्रतिनिधिहरूको भूमिका सदैव अग्रस्थानमा रही लोकतान्त्रिक संस्कारको विकासमा समेत अतुलनीय योगदान गर्ने साझा मञ्चको रूपमा रहिआएको व्यहोरा सर्वविदितै छ । विगत २०६५ साल पछि पहिलो चोटी लोकतान्त्रिक प्रक्रिया मार्फत स्ववियु परिषद नेपालको निर्वाचन सम्पन्न गर्न नेपाली काँग्रेस र नेपाल विद्यार्थि संघमा आस्थावान आम युवा विद्यार्थिहरुको महत्वपूर्ण सहभागितालाई समेत कदर गर्नुपर्ने दायित्वबोध गरेका छौं। साथै भदौ २३ गते जेन्जी उमेर समुहका नागरिकहरुको बिरोध प्रदर्शनमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै पछिल्लो राष्ट्रिय राजिनितिका घटनाक्रम र नेपाली काँग्रेस भित्र हाल उठिरहेको विशेष महाधिवेशन सम्बन्धि विवादमा स्ववियु परिषद नेपालको गम्भीर चासो रहेको कुरा अवगत गराउदछौ।’
नेपाली काँग्रेस सदैव प्रजातान्त्रिक मुल्य मान्यता, समावेशिता, न्याय, समानता र स्वतन्त्रता एवं बहुलावादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको पहरेदार हुदै आएको कुरा सर्वविदितै रहेको पनि परिषद्ले उल्लेख गरेको छ । आह्वानमा थप भनिएको छ,‘साथै नेपाली काँग्रेस राष्ट्रको परिवर्तित राजनीतिक अवस्था र जनआन्दोलनका भावानालाई समेट्दै सधै नेतृत्वदायी भूमिका निभाउने प्रमुख राजनीतिक दलको रुपमा रही भाद्र २३ गते जेन्जी उमेर समुहद्वारा गरिएको आन्दोलनले दिएको जिम्मेवारीलाई संस्थागत गर्नु नेपालली कांग्रेसको प्रमुख दायित्व रहेको छ। यसै सन्दर्भमा, हाल आह्वान गरिएको नेपाली काँग्रेसको विशेष महाधिवेशनमा पुरानै महाधिवेशन प्रतिनिधिको भुमिका रही भाद्र २३ गते जेन्जी समुहद्वारा गरिएको आन्दोलनको मर्म विपरित हुने र नेपाली काँग्रेसमा आस्थवान आम युवाहरु पार्टीका जिम्मेवारीबाट बिमुख हुने अवस्था आउने हुनाले आम युवाहरुको उल्लासपुर्ण सहभागिता सहित नियमित १५ औं महाधिवेशनका पक्षमा उभिई युवाहरुको सहभागिता सहित १५ औं महाधिवेशन र विशेष महाधिवेशनका लागि उठिरहेका माग र प्रस्तावहरुलाई निति महाधिवेशनद्वारा सँस्थागत गरी आत्मसाथ गर्नका लागि माउ पार्टीलाई दवाव स्रिजना गर्न आम युवाहरु एकजुट हुन स्ववियु परिषद नेपाल आह्वान गर्दछ ।’





प्रतिक्रिया